देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

एटीएम मेसिन फुटाउँदै गर्दा भक्तपुरमा एक युवा पक्राउ

0

(भक्तपुर) – लकडाउनको मौका छोपी एटिएम मेसिन फुटाएर पैसा चोर्दै गर्दा २१ बर्षिय सचिन तामाङ पक्राउ परेका छन् । सिन्धुपालचोक चौतारा साँगाचोकगढी नगरपालिका कदमबास स्थायी घर भई भक्तपुर बस्दै आएका २१ वर्षीय सचिन तामाङलाई प्रहरीले शुत्रबार पक्राउ गरेको हो ।

मध्यपुर ठिमी नगरपालिका ६ बाहखा बजारस्थित संजिब चित्रकारको घरमा रहेको एनआईसी एसियाको एटिएम फुटाउँदै गरेको अवस्थामा तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका तामाङको साथबाट एक थान ह्याम्बर, एक थान स्क्रु ड्राइभर, एटीएम मेसिनको बाहिरी कभर र रोलर बरामद भएको छ । तामाङलाई महानगरीय प्रहरी वृत्त ठिमीले हिरासतमा लिएर अनुसन्धान गरिरहेको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार