देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

कोशीमा हात्ती पिडितको समस्या बुझ्न मुख्यमन्त्रीको पदयात्रा

0

काठमाडौं – कोशी प्रदेशका हात्ती पीडितहरूको समस्या बुझेर त्यसलाई समाधान गर्ने उद्देश्यले बोकेर मुख्यमन्त्री केदार कार्कीले हात्ती प्रभावित क्षेत्रमा पदयात्रा सुरु गरेका छन्। 

‘जीव-जनावर, जंगल, जनतामैत्री-जिम्मेवार जनप्रतिनिधि’ भन्ने नारासाथ मुख्यमन्त्री कार्कीले झापाको बाहुनडाँगीबाट उदयपुरको जोगीदहसम्मको पदयात्रा सुरु गरेका हुन्। 

मुख्यमन्त्री कार्कीले बुधबार एक कार्यक्रमका बीच मेचीनगर नगरपालिका-४ स्थित प्रसाद गौँडाबाट पदयात्राको शुभारम्भ गरेका हुन्। ‘जीव, जंगल, जनावर, मानिस सबैको संरक्षण गर्ने यो अभियान हो’ मुख्यमन्त्री कार्कीले भने, ‘यो पदयात्रा ती समस्या पहिचान गर्ने प्रयास हो ।’ सिंगो सरकार हात्ती पीडित जनताको ठाउँमा पुगेर समस्या हेर्न आएको बताउँदै मुख्यमन्त्री कार्कीले भने, पीडितहरूको दुःख बुझ्न आएका हौं।’ 

मुख्यमन्त्री कार्कीसहितको टोलीले जैविक मार्गमै पर्ने ७ स्थानमा रात्रिकालीन विश्राम गर्नेछन्। बाहुनडाँगीबाट सुरु भएको यात्रा फागुन १६ गते उदयपुर जिल्लाको बेलसोतमा पुगेर समापन हुनेछ। झापाबाट उदयपुरसम्म कूल २४३ किलोमिटर पैदल यात्रा गर्ने रुट तय गरिएको छ। चार जिल्लाका विभिन्न २३ स्थानीय तहमा पुगेर स्थानीय जनतासँग साक्षात्कार गर्ने कार्यतालिका रहेको जनाइएको छ।

पदयात्रा उद्घाटन कार्यक्रममा भौतिक पूर्वाधार मन्त्री कमल जबेगु, मेचीनगर नगरपालिका प्रमुख गोपालचन्द्र बुढाथोकी, हात्ती पीडित परिवारकी जगणमाया थापालगायतको सहभागी थिए। 

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार