देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

क्रिकेट – १० वर्षपछि नेपालले टी-२० विश्‍वकप खेल्ने

0

काठमाडौं – नेपालले १० वर्षपछि टी–२० विश्वकप क्रिकेट खेल्न पाउने भएको छ।

शुक्रबार काठमाडौंको मूलपानी मैदानमा संयुक्त अरब इमिरेट्स (यूएई)लाई ८ विकेटले हराउँदै नेपाल सन् २०२४ को जुनमा अमेरिका र वेष्ट इन्डिजमा हुने टी–२० विश्वकपमा छनोट भएको हो।

जितको लागि १ सय ३५ रनको विजयी लक्ष्य पछ्याएको नेपालले १७.१ ले २ विकेट गुमाउँदै पूरा गर्‍यो।

यसअघि नेपालले सन् २०१४ मा बंगलादेशमा भएको टी–२० विश्वक खेलेको थियो। काठमाडौंमा भएको छनोट खेलबाट ओमान पनि विश्वकपमा छनोट भएको छ।

मूलपानी मैदानमा यूएईले दिएको १३५ रनको लक्ष्य पछ्याउने क्रममा नेपालका आशिफ शेखले सर्वाधिक ६३ रन बनाए । त्यस्तै गुल्सन झाले २२, कुशल भुर्तेलले ११ रन जोडे।

पहिले ब्याटिङ गरेको यूएईलाई मध्यम स्कोरमा रोक्न नेपालका कुशल मल्लले महत्वपूर्ण ३ विकेट लिएका थिए। ३ ओभर बलिङ गरेका उनले ११ रन खर्चेर ३ विकेट लिएका थिए। त्यस्तै सन्दीप लामिछानेले २, सोमपाल कामी र रोहित पौडेलले १र१ विकेट लिए।

जितपछी नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेलले सन् २०१४ को टी–२० विश्वकप देशले खेलेको हेर्दै हुर्किएकाले यस पटक विश्वकप यात्रा गर्न पाउँदा आफूलाई भाग्यमानी महसुस गरेको बताएका छन्।

उनले विश्वकपमा छनोट भएपछि भगवानलाई धन्यवाद पनि दिएको बताए। उनले भने, ‘हिजोको खेल हारेपछि केही तनाव त थियो तर भगवान आजको खेल जसरी पनि हामीले नै जितौँ भनेर भनेको थिएँ। आज बिहानै भगवानसँग त्यही प्रार्थना गरेको थिएँ।’

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार