देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

खेलकुदले मनस्थितिलाई स्वस्थ बनाउँछ – स्वास्थ्य मन्त्री बस्नेत

0

काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले खेलकुदले मनस्थितिलाई स्वास्थ बनाउने बताएका छन् ।

बुधबार सिन्धुपाल्चोक तेक्वान्दो संघले आयोजना गरेको तेस्रो सिन्धु राष्ट्रिय तेक्वान्दो प्रतियोगितालाई सम्बोधन गर्दै बस्नेतले अब मुलुकले खेलकुदलाई ध्यान दिन जरुरी रहेको उल्लेख्य गर्दै खेल क्षेत्र नेपाललाई विश्वसामु चिनाउने अवसर हुने बताए।

सरकारले खेलाडीलाई दिनुपर्ने पुरस्कार बापतको रकम समयमै दिनुपर्ने बताउँदै मन्त्री बस्नेतले खेल र खेलाडीमा लगानी गरेमात्र खेलाडी र खेल क्षेत्रको भविश्य रहने बताए । आफु पनि खेलाडी रहेकोले जिल्लामा खेलाडी उत्पादन गर्न आफु सदैव साथ रहेको उनको भनाई छ ।

उनले क्रिकेट अहिले लोकप्रिय र देशलाई चिनाउन सफल खेल भएको भन्दै अन्य खेल र खेलाडीलाई पनि आ आफ्नो खेलमा अझै मेहनत गरे सफलता प्राप्त गर्न सकिने बताए । उनले राम्रा खेलाडीले बिभिन्न अवसर प्राप्त गर्न थालेकाले अब बिस्तारै खेलाडीको पनि विकास हुने बताए ।

कार्यक्रममा बाह्रविसे नगरपालिका प्रमुख बालकृष्ण बस्नेत , भोटेकेशी गाउँ पालिका अध्यक्ष पासाङ नोर्वु शेर्पा ,लिसंखपाखर गाउँ पालिका अध्यक्ष राजु लामा लगायतले खेलकुद क्षेत्रको विकासका लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

तोक्वादो संघ सिन्धुपाल्चोकका अध्यक्ष प्रेम भन्डारीको अध्यक्षतामा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार