देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

गाँउपालिका अध्यक्षको कार्यकक्षमै प्रशासकीय अधिकृतको रामधुलाई

0

काठमाडौं – पर्साको धोबिनी गाँउपालिकाका अध्यक्षको कार्यकक्षमै प्रमुख प्रशासकीय अधिकृतलाई कुटपिट गरी घाइते बनाइएको छ । 

कार्यपालिका सदस्य दिनेश प्रसाद साह कलवार प्रमुख प्रशासकीय अधिकृत प्रमोद कुमार साहलाई गाँउपालिका अध्यक्षको कार्यकक्षमै कुटपिट गरी घाइते बनाएका हुन् ।

कार्यपालिका सदस्य कलवार अनुचित भुक्तानी दिन दबाब दिएको तर प्रमुख प्रशासकीय अधिकृत साहले नमानेपछि त्यसकै निहुँमा मंगलबार दिउँसो गाँउपालिका अध्यक्ष मदन चौहानको कार्यकक्षमा चौहानकै सामु कलवारले साहलाई हेलमेट र अध्यक्षको नेम्प्लेटले अन्धाधुन्ध प्रहार गरेर घाइते बनाएको आन्दोलनरत कर्मचारीहरुको आरोप छ।

प्रमुख प्रशासकीय अधिकृत साहलाई कुटपिट गर्ने कार्यपालिका सदस्य कलवारलाई कारबाही गर्न माग गर्दै कर्मचारीहरुले गाँउपालिका कार्यालयको कामकाज ठप्प पारेर आन्दोलनमा उत्रिएका छन्।

कर्मचारीहरुले मंगलबार साँझ जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र पनि बुझाएका छन्। कलवारलाई कारबाही नगरिएसम्म गाँउपालिका कार्यालयको कामकाज ठप्प नै रहने चेतावनीसमेत उनीहरूले ज्ञापनपत्रमार्फत दिएका छन्।

यसबारेमा बुझ्न गाँउपालिका अध्यक्ष चौहानलाई उनको मोबाइलमा फोन गरेर सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन।

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार