देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

दोलखामा फेरि गठबन्धनका उम्मेदवार कार्कीले लिए अग्रता

0

काठमाडौं – दोलखामा अहिले प्रतिनिधी सभा तथा प्रदेशसभा तर्फको मतगणना जारी रहेको छ ।

पछिल्लो मतपरिणाम अनुसार कडा प्रतिष्पर्धा भएको दोलखामा गठबन्धनका तर्फबाट माओवादी केन्द्रका गंगा कार्कीले अग्रता लिएका छन् । वैत्यश्वर गाउँपालिकाका ५ वटा वडाको मतगणना सकिँदा कार्कीले अग्रता लिएका हुन् ।

कार्कीले २१ हजार ४१२ मत प्राप्त गर्दा एमालेका उम्मेदवार बालकृष्ण शिवाकोटीले २१ हजार १४३ मत प्राप्त गरेका छन् । कार्की र शिवाकोटी बीचको मतअन्तर अहिले २७१ रहेको छ ।

दोलखामा प्रदेशसभा २ मा एमालेका भरत केसी विजयी भइसकेका छन् । केसीले कांग्रेसका उम्मेदवार बर्मा लामालाई हराएका हुन् ।

जिल्लाका तामाकोशी, मेलुङ, शैलुङ र विगु गाउँपालिकामा प्रतिनिधिसभातर्फको मतगणना गर्न बाँकी छ ।

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार