देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

धनगढीका मेयर गोपाल हमालकी छोरी सम्पर्कविहीन

0

काठमाडौं – धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालकी छोरी ३० वर्षीया आरती भारतको गोवाबाट सम्पर्कविहीन भएकी छन् ।

नगर प्रमुख हमालले मंगलबार सामाजिक सञ्जाल फेसबुक मार्फत छोरी सम्पर्कविहीन भएको जानकारी सार्वजनिक गरेका हुन् । 

पारिवारिक स्रोतका अनुसार उनी डेढ महिनाअघि ‌ओशो ध्यान शिविरमा सहभागी हुन गोवा गएकी थिइन् ।

ओशोका विभिन्न तपोवनहरुमा आवतजावत गरिरहने आरती गोवामा रहेका बेला दुई दिनदेखि सम्पर्कविहीन भएपछि खोजी कार्यका लागि नगर प्रमुख हमालले सार्वजनिक अपिल गरेका छन् ।

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार