देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

नेपाली जनसम्पर्क समिती युएईले गर्यो भेटघाट तथा सम्मान कार्यक्रम

0

काठमाडौं – नेपाली जनसम्पर्क समिती ( यु.ए.ई) ले आयोजित भेटघाट तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । समितिका सभापति भुवानी प्रसाद तिमल्सिनाको सभापतित्वमा उक्त कार्यक्रम भएको हो ।

कार्यक्रमका प्रमुख अतिथि सिन्धुपाल्चोक क्षेत्र नम्बर २ प्रदेश सभा क्षेत्र नम्बर २ बाट निर्वाचित बागमती प्रदेश सभा सदस्य तथा नेपाली काङ्ग्रेस संसदीय दल बागमती प्रदेश सभाका सचिव माननीय कृष्ण कुमार तामाङ (समिर) रहेका थिए ।

कार्यक्रममा जनसम्पर्क समिती युएई का प्रमुख सल्लाहकार एवं गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद मध्यपुर्वका संयोजक मनोज गोर्खाली, नेपाली जनप्रगतिसिल मन्चका प्रमुख बाबुराम बिस्वकर्मा, NRNA युएईका अध्यक्ष बिकास शाही,NRNA युएईका संरक्षक एवं निवर्तमान अध्यक्ष ठाकुर प्रसाद ढुंगाना, जनसम्पर्क समिती युएईका महामन्त्री हरि खड्का, नेपाली जनसम्पर्क समिती युएईका सह-महामन्त्री द्वय प्रताप सिंह तामाङ र तुलसिराम भुसाल,ICC सदस्य पुष्कर सापकोटा,मणि भुर्तेल,NRNA युएईका महासचिव भुवन कुमार वाग्ले,जनसम्पर्क समिती युएई का सल्लाहकार कृष्ण गौतम, ,राजेन्द्र अधिकरी र युएईमा बसोबास गर्ने नेपाली महानुभावहरुको उपस्तिथिमा भव्य रूपमा सम्पन्न भएको नेपाली जनसम्पर्क समिती युएईका सह-महामन्त्री प्रताप सिंह तामाङले बताए  ।

उनका अनुसार कार्यक्रममा नेपाली जनसम्पर्क समिती युएईका अध्यक्ष तथा  समितिका पदाधिकारीहरुले त्यहाको समस्याहरुको समाधान गर्नको लागि नेपाल सरकार समक्ष पहलगरिदिन प्रदेश सांसद तामाङ लाई ज्ञापनपत्र हस्तान्तरण गरेका थिए ।

तामाङका अनुसार अनौपचारिक भ्रमणको रुपमा युएई पुग्दा पनि यति धेरै माया र सम्मान दिने र कार्यक्रम आयोजना गरि भेटघाट सहित छलफल गर्ने अवसर प्रदान गर्ने आयोजक समितिप्रती विशेष धन्यवाद सहित हार्दिक आभार प्रकट गर्दै प्रदेश सभा सदस्य तामाङले समस्याहरु समाधान गर्नको लागि आफू लागिपर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

द्वारा लेखिएको

भवनाथ आचार्य

सम्बन्धित समाचार