देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

नेपाल बैंकले साढे २ अर्ब रुपैयाँको ऋणपत्र निष्काशन गर्ने

0

(काठमाडौं) – नेपाल बैंक लिमिटेडले साढे २ अर्ब रुपैयाँको ऋणपत्र निष्काशन गर्ने भएको छ । बैंकले १ हजार रुपैयाँ अंकित दरमा “१०५ एनबीएल डिबेन्चर २०८३“ जारी गर्न लागेको हो ।

बैंकले निष्काशन गर्न लागेको ७ वर्षे अवधिको उक्त ऋणपत्रमा वार्षिक १० प्रतिशत ब्याज पाइने छ । २ अर्ब ५० करोड बराबरको डिबेन्चर १० प्रतिशत व्याज सहित सात वर्षको लागि निष्काशन गर्न नबिल इन्भेष्टमेन्ट बैंकिंग लिमिटेड, नक्साल काठमाण्डौंलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको बैंकले जनाएको छ ।

बैंकले जारी गर्न लागेको कुल साढे २ अर्ब रुपैयाँ बराबरको ऋणपत्रमा १ अर्ब रुपैयाँ बराबरको १० लाख कित्ता सर्वसाधारणलाई र बाँकी १ अर्ब ५० करोड रुपैयाँ बराबरको १५ हजार कित्ता बैंक आफैँले ब्यक्तिगत तवरबाट बिक्री गर्ने जनाएको छ ।

ऋणपत्र निष्काशन सम्बन्धि सम्झौता पत्रमा नेपाल बैंंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारी र नबिल इन्भेष्टमेन्ट बैंकिङ्गका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

द्वारा लेखिएको

मध्यबिन्दु

Responses (0 )



















सम्बन्धित समाचार