देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

नैतिकता बाँकी छ भने प्रचण्डले सांसद छोड्नुपर्छ – बाबुराम

0
<p>फाइल फोटो</p>

फाइल फोटो

काठमाडौं – नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा.बाबुराम भट्टराईले प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सांसद पदबाट राजीनामा दिनुपर्ने बताएका छन्।

बाबुरामले एउटा गठबन्धनबाट चुनाव जितेर सांसद र अहिले अर्को गठबन्धनबाट प्रधानमन्त्रीको कुर्सीमा रहेको भन्दै दाहालले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताएका हुन्।

‘चुनाव–पूर्व (pre-election) गठबन्धन गरिसकेपछि जुनसुकै पार्टी वा पार्टीहरूसँग भए पनि कि त अर्को चुनावसम्म सोही गठबन्धनमा रहनुपर्छ कि बिचैमा गठबन्धन परिवर्तन गरे निर्वाचित पदबाट राजीनामा गरेर अर्को चुनाव गराउनुपर्छ। यो कानुनीभन्दा पनि राजनीतिक र नैतिक प्रश्न हो,’बाबुरामले भने,‘दलबदल संसदीय राजनीतिको विकल्पमा उन्नत लोकतन्त्र र समाजवादको निम्ति भीषण क्रान्तिको नेतृत्व गरेर आएका प्रधानमन्त्री प्रचण्डले गत निर्वाचनमा गोरखा–२ मा नेसपा र कांग्रेससँगको गठबन्धनबाट चुनाव जितेकाले अब कस्तो नैतिकता प्रदर्शन गर्नुहुन्छ जनता र इतिहासले अवस्य हेक्का राख्नेछ।’

२०७२ सालमा माओवादी पार्टी त्याग गरेपछि सांसद पदबाट राजीनामा दिएको स्मरण गर्दै बाबुरामले भने ‘२०७२ मा मैले माओवादी पार्टीबाट राजीनामा सँगसँगै संसद्बाट पनि राजीनामा दिएको थिएँ। त्यतिबेला अहिलेको राजनीतिक दलसम्बन्धी कानुन बनिसकेको थिएन। मलाई कानुनी बाध्यात्मक अवस्था थिएन। बरू मेरा गोरखा–१ का मतदाताहरूबाट नै संसद् नछोड्न दबाब थियो। तैपनि राजनीतिक संस्कार र नैतिकताको आधारमा संसदबाट राजीनामा दिएको थिएँ।’

नेसपा र नेपाली कांग्रेससँगको गठबन्धनबाट चुनाव जितेका दाहाल अहिले उक्त गठबन्धन छोडेर नेकपा एमाले, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), जनता समाजवादी पार्टी (जसपा)समेत सम्मिलित गठबन्धनमा छन्।

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार