देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

प्रथम चावहिल ‘जुत्ताचप्पल व्यापार मेलामा उपभोक्ताको आकर्षण, उद्योगीहरु उत्साहित

0

काठमाडौं – प्रथम चावहिल ‘जुत्ताचप्पल व्यापार मेला–२०८०’ २० औँ दिनसम्म आइपुग्दा ग्राहकको भीड बढ्दै गएको छ । उद्योगीद्वारा उपभोक्तालाइ सिधै छुटको व्यवस्था गरीदिनाले पनि अहिले भिडभाड बढेको आयोजक टिम बताउँछन् । 

नेपाली जुत्ताचप्पल उद्यमी समूहको आयोजनामा गत माघ १८ गतेदेखि सुरु भएको जुत्ताचप्पल व्यापार मेलामा फागुन ८ गतेसम्म आइपुग्दा ३० हजारभन्दा बढी ग्राहकले अवलोकन गरेको नेपाल जुत्ताचप्पल उद्योग सङ्घका वरिष्ठ उपाध्यक्ष एवम् जुत्ताचप्पल उद्यमी सुरज बन्जाडेले जानकारी दिए ।

मेला आयोजक सविन कार्कीले उद्योगी र उपभोक्ताहरु बिच सिधै जुत्ताचप्पल खरिद बिक्री भएको हुँदा उपभोक्ताले कम मुल्यमा गुणस्तरीय जुत्ता पाएको बताए । “हामीले डिलर, डिष्ट्रिब्युटर र पसललाई दिने कमीसन सबै उपभोक्तालाइ दिएका छौ, आम उपभोक्ताले मौकाको फाईदा उठाउन सक्छन्,”– उनले भने । 

नेपाल जुत्ताचप्पल उत्पादक सङ्घका अध्यक्ष रुद्रप्रसाद न्यौपानेले नेपाली उत्पादनलाई उपभोक्तासम्म पु¥याउने उदेश्यले चावहिलमा पहिलोपटक जुत्ताचप्पल मेला आयोजना गरिएको बताए । 

मेलाको शुरुमा भन्दा अहिले उपभोक्ताको भीड बढ्दै गइरहेको मेला संयोजक दिवाकर गिरीले बताए ।  जुत्ताचप्पल मेलामा नेपालका १४ उद्योगका ३० भन्दा धेरै ब्राण्ड र तीन हजारभन्दा धेरै डिजाईन राखिएको छ ।

जुुत्ता किन्न आएका ग्राहकहरु पनि सर्वसुुलभ मुुल्यमानै जुत्ता पाएको बताई रहेका थिए । मनमैजुु बस्ने अमी कटेलले आफ्नो आमाको लागी जुुत्ता किन्न आएको बताउदै चाबहिलको जुत्ता मेलामानै जानुको कारण अन्य स्थानमा भन्दा उद्ययोगी र ग्राहाकसँग प्रत्यक्ष सम्पर्क भयर जुत्ता किन्दा फाईदा भएको बताए । बेला बेलामा यसरी राखीने मेलाले सर्वसाधारण व्यक्तिहरले पनि आफ्नो ईच्छा अनुुसारको जुत्ता हेरेर खरीद गर्न सहयोग सम्म ग्राहकहरुलाई पुुगेको उनले बताए ।

उक्त मेलामा हाइलाइफ, शु ल्याण्ड, बेली, बोश शुज, आइडल, भेनस, शिल्स, हिमानी, वन वल्र्ड, कोशेली, रन शुज, शिखर शुज, पिजी शुज र ब्याम्बो शुज राखिएका छन् । फागुन १८ गतेसम्म चल्ने मेलामा रु तीन करोड बराबरको जुत्ताचप्पल विक्रि हुने लक्ष्य मेला आयोजकले राखेको छ । मेलामा १५ देखि ६० प्रतिशतसम्म छुट दिएको व्यवसायीहरु बताउँछन् ।

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार