देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

बंगलादेशसँग पाँच विकेटले नेपाल पराजित

0

काठमाडौं – आईसीसी यू–१९ विश्वकपअन्तर्गत सुपर सिक्सको आफ्नो पहिलो खेलमा बंगलादेशसँग नेपाल पाँच विकेटले पराजित भएको छ ।

बुधबार दक्षिण अफ्रिकाको मनगंग ओभलमा नेपालले दिएको १७० रनको लक्ष्य बंगलादेशले २५.२ ओभरमा पाँच विकेट गुमाएर पूरा गरेको हो ।

बंगलादेशको जितमा अरिफुल इस्लामले अविजित ५९ रन बनाए । उनले ३८ बलमा सात चौका र दुई छक्का प्रहार गरे । जिसान आलमले ४३ बलमा ६ चौका र दुई छक्कासहित ५५ रन थपे । असिकुर रहमानले १६, चोधुर मोहम्मद रिजवानले १५ र अहरार अमिनले १२ रन जोडे ।

त्यसअघि टस जितेर ब्याटिङमा आएको नेपालले ४९.५ ओभरमा सबै विकेट गुमाएर १६९ रनको योगफल खडा गरेको थियो ।

प्रतियोगिताको यस संस्करणमा नेपाल समूह ‘डी’ को तेस्रो स्थानमा र बंगलादेश समूह ‘ए’ को दोस्रो स्थानमा रहँदै सुपर सिक्समा आएका हुन् ।नेपालले अब सुपर सिक्सको अर्को खेलमा भारतविरुद्ध फेब्रुअरी २ मा खेल्नेछ ।

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार