देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

बागमती प्रदेश सभाको बैठक बस्दै, अवरोधको तयारीमा एमाले

0

काठमाडौं – बागमती प्रदेश सभाको बैठक मंगलबार (आज) दिउँसो १ बजे बस्ने भएको छ।

आजको बैठकमा प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ को लागि प्रस्तुत गरेको बजेटमाथि पूर्ण छलफल गर्ने कार्यसूचि रहेको प्रदेश सभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिएका छन्।

गत असार १ गते बसेको प्रदेश सभाको बैठकमा बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बहादुर सिंह लामाले प्रदेश सरकारको तर्फबाट आगामी आवको अनुमानित बजेट सार्वजनिक गरेका थिए।

सोही दिन  बसेको दोस्रो बैठकमा आर्थिक विधेयकसहित विभिन्न ६ वटा विधेयक प्रस्तावहरु टेबुल गरिएलगतै प्रदेश सभाका सभामुख भुवन कुमार पाठकले अर्को बैठक असार १२ गते बस्ने जानकारी गराउँदै उक्त बैठक स्थगित गरेका थिए।

यता सरकारले प्रस्तुत गरेको बजेट संशोधन गर्नुपर्ने मागसहित प्रमुख प्रतिपक्षी दल नेकपा एमालले बैठक अवरुद्ध पार्ने तयारी गरेको छ।

बजेट समाबेशी समानुपातिक सिद्धान्तको खिलाफमा रहेकोले यथास्थितिमा पास गर्न नदिने एमाले प्रदेशसभा सदस्य डा. दिनेशचन्द्र देवकोटाले बताए । बजेट संशोधनकालागी छलफल जारी रहेको बताउँदै उनले बजेट संसोधन नगरी पास हुन नदिने कुरामा एमाले दृढ रहेको बताए ।

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार