देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

बागमती प्रदेश सरकारले पाँचवटा प्रहरी चाैकी भवनकालागी सवा ६ करोड दिने

0

काठमाडौं – बागमती प्रदेश सरकारले प्रहरी भवन निर्माणको लागि ६ करोड १५ लाख रुपैयाँ उपलब्ध गराउने भएको छ ।

आइतबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले ५ वटा प्रहरी चौकी भवनका लागि ६ करोड १५ लाख ५६ हजार रुपैयाँ बजेट उपलब्ध गराउने निर्णय गरेको हो ।

प्रदेश सरकारले चितवन जिल्लाको सौराहास्थित प्रहरी चौकी निर्माणका लागि ९७ लाख ३३ हजार, जिल्ला प्रहरी कार्यालय मकवानपुरको महिला व्यारेक भवन निर्माणका लागि ८४ लाख २२ हजार, सिन्धुली जिल्लाको प्रहरी चौकी खाङसाङको भवन निर्माणका लागि १ करोड ३ लाख ३९ हजार रुपैयाँ दिने निर्णय गरेको छ ।

यस्तै, जिल्ला ट्राफिक कार्यालय रामेछापको भवन निर्माणका लागि १ करोड ३२ लाख ६१ हजार रुपैयाँ र मकवानपुरगढीस्थित इलाका प्रहरी कार्यालयको भवन निर्माणका लागि १ करोड ९८ लाख १ हजार रुपैयाँ बजेट उपलब्ध गराउने निर्णय गरेको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार