देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

बागमती सरकार जोगाउन हानेपा र सत्तागठबन्धनबीच पाँचबुँदे सहमति

0

काठमाडौं – हाम्रो नेपाली पार्टीका बागमती प्रदेश संसदीय दलका नेता शैलेन्द्र बज्राचार्यले आफूहरू सरकारमा सहभागी हुन लागेको बताएका छन्।

आफूहरूले सुरुवातदेखि नै मुख्यमन्त्रीको दाबी गरेकोमा सत्तासाझेदार दलहरूले सो बिषयमा सहमति जनाएपछी आफूहरू सरकारमा सहभागी हुन लागेको बताएका हुन्।

बिहीबार नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीबीच सरकारमा सहभागी हुन पाँचबुँदे सहमति भएको छ।

बागमती प्रदेश सभाको बाँकी कार्यकालको लागि सहकार्य गरी राजनीतिक स्थायित्व, विकास र समृद्धिको नागरिक चाहनालाई आत्मसात् गरी प्रदेश सरकार निर्माण र सञ्चालन गर्ने सहमतिपत्रमा उल्लेख छ।

प्रदेशमा सत्ता जोगाउन नयाँ गठबन्धनले हाम्रो नेपाली पार्टीका सांसद शैलेन्द्रमान बज्राचार्यलाई मन्त्री बनाउने तयारी गरेको छ।

यो सहमतिसँगै मुख्यमन्त्री शालिकराम जम्कट्टेल नेतृत्वको बागमती प्रदेश सरकारमा देखिएको संकट तत्काललाई टरेको छ। t

हेर्नुहाेस् सहमतिपत्र :

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार