देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

बाजुरामा कांग्रेसका बद्री पाण्डे विजयी

0

काठमाडौं – बाजुरामा नेपाली कांग्रेसका उम्मेदवार बद्रीप्रसाद पाण्डे विजयी भएका छन् । एमाले उम्मेदवार कर्णबहादुर थापालाई ५ हजार ४३७ मतान्तरले पराजित गर्दै पाण्डे निर्वाचित भएका हुन् ।

पाण्डेले ३१ हजार ७८६ मत पाएका छन् भने थापाले २६ हजार ३४९ मत ल्याएका छन् । यससँगै बाजुरामा संघ र प्रदेश गरी तीन वटै क्षेत्रमा सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।

प्रतिनिधिसभातर्फ रोचक प्रतिस्पर्धा हुने आकलन गरिएको बाजुराको चुनावी नतिजामा कांग्रेस उम्मेदवार पाण्डेले सहज जित निकालेका हुन् ।

कांग्रेसका सह महामन्त्री पाण्डे यसअघि संविधानसभामा समानुपातिकतर्फ र राष्ट्रिय सभा सदस्यमा गरी दुई पटक सांसद भएका हुन् । उनको यसपटक पहिलो प्रत्यक्ष चुनावी प्रतिस्पर्धा हो ।

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार