देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

मधेश प्रदेशका मुख्यमन्त्रीले पाए शत प्रतिशत विश्वासको मत

0

काठमाडौं – मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले बिश्वासको मत पाएका छन् । प्रदेशसभाको दोस्रो कार्याकालको तेस्रो बैठकबाट बुधबार मुख्यमन्त्री यादवले सभामा उपस्थित सांसद १ सय २ मध्ये सबै सांसदको मत पाएका छन् ।

प्रदेशसभामा प्रतिनिधित्व गर्ने १० वटै दलले उनलाई विश्वासको मत दिएका छन् ।उनलाई संसदको सबै दश दल र स्वतन्त्र सांसदले पनि बिश्वासको मत दिएका छन् ।

सभामुख रामचन्द्र मण्डलले मुख्यमन्त्रीले सरोज कुमार यादवले बिश्वासको मत पाँउ भनि सभामा प्रस्तुत गरेको प्रस्ताव सर्वसम्मत पारित भएको घोषणा गरेका छन् ।

मुख्यमन्त्री यादवलाई नेकपा एमालेका २४, कांग्रेसका २२, जसपाका १६, जनमत पार्टीका १३, लोसपाका ९, नेकपा माओवादी केन्द्रका ७, नेकपा एकीकृत समाजवादीका ७, नागरिक उन्मुक्ति पार्टीका १, राष्ट्रिय प्रजातन्त्र पार्टीका १, नेपाल संघीय समाजवादी पार्टीका १ तथा पाँचजना स्वतन्त्र प्रदेशसभा सदस्यहरुसहित १०२ प्रदेश सांसदको समर्थन छ ।

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार