देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

युवाको सक्रियताबाट मात्र आर्थिक समृद्धि सम्भव छ – पुन

0

काठमाडौं – नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति एवम् संविधानसभा सदस्य अमरसिंह पुनले युवाको सकृयता र सहभागिताले मात्र नेपालले आर्थिक समृद्धि प्राप्त गर्न सक्ने बताएका छन् ।

शनिबार दाङको घोराहीमा प्राइम सेवाको सेवा शुभारम्भ गर्दै सभापति पुनले उद्योग, पर्यटन, उत्पादन र सेवाको क्षेत्रमा राज्यले युवालाई आकर्षण गर्न विशेष सहयोग गर्नु पर्ने बताएका हुन ।

विज्ञान, प्रविधि र खोज अनुसन्धानको क्षेत्रलाई थप फराकिलो बनाउदै राष्ट्रको आर्थिक गतिविधि चलायमान बनाउनु पर्ने धारणा राख्द इ भने ´ हिजो समय फरक थियो । युवाको आकर्षण र लक्ष्य फरक थियो । आज प्रविधि र विज्ञानले संसार चलाइरहेको छ । हाम्रो दैनिकी सरलीकरण हुदैछ । युवाको आकर्षण डिजिटलाइजेसन अत्याधिक छ । युवाको आकर्षणलाई अब राष्ट्रिय अर्थतन्त्रमा प्रभाव पार्न सक्ने बनाइनु पर्छ ।´

राज्यले विद्यमान नितिमा व्यापक सुधार गर्दै युवालाई स्वदेश मै रहन प्रोत्साहित हुने कार्यक्रम संचालनमा लिइनु पर्ने सभापति पुनले जोड दिएका थिए ।

प्राइम सेवाले दाङ आसपासको क्षेत्रमा समुदायको माग र आवश्यकता बमोजिम गुणस्तरीय सेवा प्रदान गर्ने जनाएको छ ।

 

द्वारा लेखिएको

भवनाथ आचार्य

सम्बन्धित समाचार