देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

राप्रपाका लुम्बिनी प्रदेशसभा सदस्य यादव निलम्बित

0

काठमाडौं – लुम्बिनी प्रदेशसभा सदस्य जानकी प्रसाद यादव सांसद पदबाट निलम्बन भएका छन्। यादव विरुद्ध भ्रष्टाचार मुद्दा परेपछि प्रदेशसभाले उनलाई सांसद पदबाट निलम्बन गरेको हो।

वन पैदावारको हानी नोक्सानी गरि भ्रष्टाचार गरेको आरोप यादव माथि छ। हाल अदालतमा विचाराधीन रहेको मुद्दा किनारा नलागे सम्मका लागि यादवलाई निलम्बन गरिएको प्रदेशसभाले जनाएको छ।

कपिलवस्तुको गौतम बुद्ध साझेदारी वन व्यवस्थापन समितिले कटान गरेको काठ लुकाएर मिलेमतोमा अनियमितता गरेको आरोप अख्तियारले उनी माथि लगाएको छ।

गत ८ गते अदालतमा मुद्दा दायर गरेको आयोगले यादवलाई सांसद पदबाट निलम्बन गर्न प्रदेशसभालाई परिपत्र गरेको थियो। सोही परिपत्रका आधारमा यादवलाई सांसद पदबाट निलम्बन गरिएको प्रदेशसभाले जनाएको छ।

राप्रपाका यादव कपिलवस्तु निर्वाचन क्षेत्र ३ (ख) बाट प्रदेशसभामा निर्वाचित भएका थिए। यादव नेकपा यसअघिको एमाले नेता लिला गिरी नेतृत्वको सरकारका उद्योग पर्यटन तथा यातायात व्यवस्थामन्त्री समेत बनेका थिए।

अख्तियारले सांसद यादव सहित १९ जना विरुद्ध मुद्दा दायर गरेको छ। उनीहरूले काठ लुकाएर विक्री गरि २९ लाख १२ हजार १ सय ९३ रुपैयाँ भ्रष्टाचार गरेको अख्तियारको दाबी छ।

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार