देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

राष्ट्रिय सभा निर्वाचनमा कोशीको परिणाम अनपेक्षित भएको कांग्रेसको ठहर 

0

काठमाडौं – कांग्रेस संसदीय दलको बैठकले गत मा ११ गते सम्पन्न राष्ट्रिय सभा निर्वाचनमा कोशी प्रदेशको परिणाम अनपेक्षित भएको ठहर गरेको छ। 

शुक्रबार काठमाडौंमा सम्पन्न बैठकले सत्तागठबन्धनका १९ वटा उम्मेदवारमध्ये १८ वटामा विजयी भएको र कोशीमा एकजना साझा उम्मेदवार पराजित भएको विषयलाई अनपेक्षित परिणाम भएको ठहर गरेको  प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए। 

बैठकले कोशी प्रदेशमा गठबन्धनका साझा उम्मेदवारमध्ये एकजनाको पराजयलाई गम्भीर रूपमा लिएको प्रमुख सचेतक लेखकले बताए। 

काेशी प्रदेशमा सत्तागठबन्धनबाट दुईजना साझा उम्मेदवार थिए। कांग्रेस सांसदले फ्लाेर क्रस गर्दा कृष्ण सिटाैला निर्वाचित भए भने माओवादी उम्मेदवार पराजित भएका थिए। 
 

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार