देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

राष्ट्र बैंकले दुई अर्बको ट्रेजरी बिल बिक्री गर्ने

0

मध्यबिन्दु/काठमाडौं – नेपाल राष्ट्र बैंकले दुई अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । राष्ट्र बैंकले एक सूचना जारी गर्दै सोमबार दुई अर्ब बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेको जनाएको हो । सो ट्रेजरी बिल बोलकबोल प्रक्रियाको माध्यमबाट बिक्रि गरिने छ । आगामी जेठ ६ गते परिपक्व हुने उक्त ट्रेजरी बिल ९१ दिनका लागि बिक्री गर्न लागिएको सूचनामा उल्लेख छ ।

बैंकले यसअघि माघ २७ गते रु १० करोड बराबरको ट्रेजरी बिल बिक्री गरेको थियो ।

द्वारा लेखिएको

मध्यबिन्दु

Responses (0 )



















सम्बन्धित समाचार