देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

रेशम रञ्जिता विवादले नाउपा सांसद इन्दिरा गिरीको पद खोसियो

0
<p>फाइल फोटो</p>

फाइल फोटो

काठमाडौं – नागरिक उन्मुक्ति पार्टी (नाउपा)को आन्तरिक विवाद झन् चुलिएको छ। यसैको परिणामस्वरुप‍ सुदूरपश्चिम प्रदेशसभा सदस्य इन्दिरा गिरी पदमुक्त भएकी छन्।

सुदूरपश्चिम प्रदेशसभाका सभामुख भीम भण्डारीले नाउपा सांसद इन्दिरा गिरी पदमुक्त भएको सूचना सोमबार सार्वजनिक गरेका छन्।

गिरीलाई नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठले गत चैत २१ गते पार्टीका तर्फबाट सुदूरपश्चिम प्रदेश सरकारमा भूमि व्यवस्था तथा सहकारी राज्यमन्त्री रहेकी इन्दिरा गिरीलाई कारबाही गरेर पदबाट बर्खास्त गरिएको पत्र प्रदेश सभामा पठाएकी थिइन्।

पार्टीको निर्णयविपरीत सरकारमा सहभागी भएको र स्पष्टीकरण माग्दा नदिएकाले पार्टी संरक्षक रेशम चौधरी समूहकी नेत्री गिरीलाई कारबाही गरिएको थियो।

फागुन २१ गते सत्ता गठबन्धन फेरबदलसँगै पार्टीका संरक्षक चौधरी र अध्यक्ष रञ्जिता (श्रीमान् श्रीमती)बीच तीव्र मतभेद अझै जारी छ। यस पार्टीको केन्द्रीय कार्यालयमा भएको बैठकमा पनि दुई पक्षका नेताबीच कुटाकुटसमेत भएको थियो।

कांग्रेससँग सहकार्य गर्ने पक्षमा रहेका चौधरीले अध्यक्ष रञ्जिताको निर्देशनविपरीत सुदूरपश्चिम सरकारमा ५ जना सांसदलाई मन्त्री बनाएर पठाएका थिए। रञ्जिता भने नयाँ सत्ता गठबन्धनमा सहभागी हुनुपर्ने पक्षमा थिइन्। नागरिक उन्मुक्ति पार्टीका ७ प्रदेश सांसदमध्ये सुदूरपश्चिम सरकारमा ५ जना मन्त्री थिए।

रञ्जिताको निर्देशनविपरीत सरकारमा रहेका अन्य ४ मन्त्रीलाई भने कारबाही गरिएको छैन। नाउपा संसदीय दलका नेता घनश्याम चौधरी आर्थिक मामिलामन्त्री छन्। अन्य मन्त्रीहरुमा भूमि व्यवस्था तथा सहकारीमन्त्री रामेश्वर चौधरी, सामाजिक विकासमन्त्री लक्ष्मणकिशोर चौधरी र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री खुसीराम डगौँरा रहेका छन्।

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार