देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

लुम्बिनीका मुख्यमन्त्री महरा गठबन्धन दलबाटै अप्ठयारोमा

0

काठमाडौं – लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महरा सत्ता गठबन्धन दलहरुबाटै अप्ठयारोमा परेका छन् ।

माओवादी संसदीय दल नेता महरा चैत २३ गते मुख्यमन्त्रीमा नियुक्त भएका महरालाई आफ्नै दल माओवादीबाट पनि भागबण्डाअनुसार थप एक जना मन्त्री नियुक्त गर्नुपर्ने दबाब छ । 

लुम्बिनी प्रदेशसभामा स्वतन्त्र सांसद खड्क बस्नेत र एक सांसद रहेको एकीकृत समाजवादीकी भगवती अधिकारीले मन्त्री पाएपछि ४ सांसद रहेको नागरिक उन्मुक्ति पार्टी र ३ सांसद रहेको जनता समाजवादीले पनि ‘बार्गेनिङ’ बढाएका छन् ।

मन्त्रालय बढाएर बिहीबार ११ सदस्यीय मन्त्रिपरिषद् पुर्‍याएका महराले लिखित सहमतिअनुसार दुई मन्त्रालय नदिएको भन्दै जसपाबाट कृषि तथा भूमि व्यवस्था मन्त्रालयमा मन्त्री भएका भण्डारीलाल अहिरले राजीनामा दिएपछि मुख्यमन्त्री थप तनावमा परेका हुन् ।

सत्तारुढ दल एमाले भने मन्त्रालयको संख्या बढाउन नदिने पक्षमा छ । एमाले दल प्रमुख सचेतक तुलसीप्रसाद चौधरीले आर्थिक अवस्था कमजोर भएको, प्रदेश सरकारको औचित्य माथि प्रश्न उठ्न थालेको बेला मन्त्रालयको संख्या घटाउनुपर्नेमा बढाएर थप आर्थिक भार गराउनु नहुने बताए ।

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार