देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

लुम्बिनीमा काँग्रेस नेतृत्वको सरकार बन्ने

0

काठमाडौं – लुम्विनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ को उपधार (२) अनुसार नयाँ सरकार गठनका लागि आह्वान गरेका छन् ।

संविधानको धारा १६८ को उपधारा २ अनुसार दुई वा दुईभन्दा बढी दल मिलेर सरकार गठनका लागि प्रदेश प्रमुखले आह्वान गरेका हुन् ।

प्रदेश प्रमुखको कार्यालय बुटवलले मंगलवार जारी गरेको विज्ञप्तिमा वैशाख १४ गते अपरान्ह ४ बजेभित्र नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखले आह्वान गरेको उल्लेख छ ।

लुम्विनीमा नेकपा (एमाले) संसदीय दलका नेता लिला गिरी नेतृत्वको सरकारले प्रदेश सभाबाट सोमबार विश्वासको मत गुमाएको थियो ।  प्रदेश प्रमुखले संविधानको १६८ (२) अनुसार सरकार गठनका लागि आह्वान गरेकाले लुम्विनी प्रदेशमा कांग्रेस नेतृत्वको नयाँ सरकार बन्ने सम्भावना देखिएको छ ।

मुख्यमन्त्रीमा नेपाली कांग्रेसका संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले ५३ जना सांसदको हस्ताक्षरसहित एक महिनाअघि नै नयाँ सरकार गठनका लागि दावी गरेका थिए । अहिले सोही समीकरण कायम रहेकाले बैशाख १४ गते विहीवार चौधरीकै नेतृत्वमा नयाँ सरकार बन्ने सम्भावना देखिएको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार