देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

लुम्बिनीमा मन्त्रालय फुटाएरै मन्त्रीको भागबण्डा मिलाइयो

0

काठमाडौं – लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले मन्त्रालय फुटाएर ७ जना बिनाविभागीय मन्त्रीको कार्यविभाजन गरेका छन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित १० मन्त्रालय रहेको लुम्बिनीमा मुख्यमन्त्री महराले गठबन्धन दलबीच भागबन्डा मिलाउन मन्त्रालय फुटाएर १२ वटा बनाएका छन् ।

बुधबार दिउँसो मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद्को बैठकले मन्त्रालयको संख्या बढाउने निर्णय गरेको हो ।

मुख्यमन्त्री नियुक्त हुनुअघि चैत २२ गतेको ७ बुँदे सहमतिलाई मुख्यमन्त्री महराले पालना नगरेको भन्दै मन्त्री अहिरले आइतबार पदबाट राजीनामा दिएर जसपा सरकारबाट बाहिरिएको थियो । ३ सांसद रहेको जसपालाई २ वटा मन्त्रालय दिने महरासहित लुम्बिनीका दलले लिखित सहमति गरेका थिए ।

अहिरले मन्त्री पदबाट राजीनामा दिएपछि ११ सदस्यीय मन्त्रीको नामावलीमा उनको नाम कृषिमन्त्रीमै रहेको छ । जसपा लुम्बिनी प्रदेश अध्यक्ष अशोक यादवले मुख्यमन्त्रीले ७ बुँदे सहमति पालना नगरेसम्म जसपा सरकारमा नजाने दाबी गरे ।

११ सदस्यीय मन्त्रिपरिषद्‍मा एमालेका ५, माओवादीका मुख्यमन्त्री सहित २, नाउपा, नेकपा एस र स्वतन्त्रलाई एक/एक मन्त्रालय पाएका छन् ।

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार