देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा चौधरी नियुक्त

0

काठमाडौं – लुम्बिनी प्रदेशको मुख्यमन्त्री कांग्रेसका डिल्लिबहादुर चौधरी नियुक्त भएका छन्।

प्रदेश प्रमुख अमिक शेरचनले चौधरीलाई सम्बिधानको धारा १६८(२) अनुसार मुख्यमन्त्री नियुक्त गरेको प्रदेशसभा सचिवालयले जनाएको छ ।

चौधरी प्रदेश सभाको बहुमत ५३ सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका हुन्। मुख्यमन्त्री लिला गिरिले गत सोमबार प्रदेश सभामा विश्वासको मत नपाएपछी प्रदेश प्रमुख शेरचनले मंगलबार नयाँ सरकार गठनका लागि आव्हान गरेका थिए।

संविधानको धारा १६८(२) अन्तर्गत सरकार गठनका लागि आह्वान भए बमोजिम चौधरीले बहुमत सदस्यको हस्ताक्षर सहित मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए। चौधरिलाई ८ राजनितिक दलका ५२ र एक स्वतन्त्र सान्सद सहित ५३ सांसदको समर्थन रहेको छ।

बिहिबार नियुक्त भएका मुख्यमन्त्री चौधरीले शुक्रबार सपथ लिने प्रदेशसभा सचिवालयले जनाएको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार