देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

लुम्बिनी सरकारबाट बाहिरियो जसपा

0

काठमाडौं – लुम्बिनी सरकारमा सहभागी जनता समाजवादी पार्टी (जसपा) सरकारबाट बाहिरिएको छ ।

सजपाबाट सरकारमा सहभागी कृषि तथा भूमि व्यवस्था मन्त्री भण्डारीलाल अहिरले मन्त्री पदबाट राजीनामा दिएसँगै जसपा सरकारबाट बाहिरिएको हो ।

जसपा प्रदेश अध्यक्ष अशोक यादवले जसपालाई मुख्यमन्त्रीले दुई मन्त्रालय दिने लिखित सहमति उल्लंघन गरेकाले सरकारबाट फिर्ता हुने निर्णय गरेको बताए। सरकारबाट मन्त्री फिर्ता भए पनि समर्थन भने कायम रहने उनकोभनाइ थियो।

लुम्बिनी प्रदेशसभामा जसपाका ३ सांसद छन्। जसपाले सरकारलाई दिएको समर्थन फिर्ता लिए पनि ४५ सांसद अर्थात् बहुमत कायमै रहन्छ।

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार