देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

विभिन्न बैंक व्यवस्थापनको निर्णयप्रती फियनको कडा विरोध

0

(भवनाथ आचार्य / काठमाडौं ) – नेपाल वित्तीय संस्था कर्मचारी संघ (फियन) ले नेपाल बैंक लि. लगायत विभिन्न वित्तीय संस्थाहरुले गरेको निर्णयको कडा विरोध जनाएका छन् । बैंक व्यवस्थापनले लकडाउनको समयमा समेत कार्यालय उपस्थिति हुनु पर्ने अनुपस्थित कर्मचारीको विदा कटौती गर्ने निर्णयको कडा शब्दमा विरोध गर्दै फियन राष्ट्रिय समितिले बुधबार प्रेस विज्ञप्ति निकालेको  हो ।

बुधबार जारी विज्ञप्तिमा , यस कठिन परिस्थितिमा वित्तीय क्षेत्रमा कार्यरत आमकर्मचारीहरुको जिवन रक्षा गरि मनोबल उच्च गर्नुको सट्टा बैंक व्यवस्थापनले महामारीको बहानामा गरि स्थायी ,अस्थायी र करार कर्मचारीहरुलाई सेवाबाट हटाउने वा विमुख गर्ने कार्यको घोर विरोध गर्दछौ भनिएको छ । यसैगरी फियन, नेपाल बैंक लि. लगायत अन्य क्रियासिल युनियनद्दारा उठाइएको कर्मचारी पक्षीय मागप्रति ऎक्यबद्द्ता समेत जनाइएको छ ।

विज्ञप्तिमा अगाडि भनिएको छ ,- ” लकडाउनको समयमा सवारी पास र पिपिई उपलब्ध नगराई जसरी पनि कार्यालय उपस्थित हुने,अनुपस्थित भए विदा कटौती गर्ने जस्ता निर्णय गैर-कानुनी ,अव्यवहारिक र कर्मचारी वर्गलाई आतंकित गर्न खोज्नु हो ।” यो निर्णय तत्काल सच्याई ,कर्मचारी युनियनहरुसंग छलफल गरेर मात्र अगाडि बढ्न समेत बिज्ञप्ती मार्फत सचेत गराइएको छ  ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार