देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

वैदेशिक रोजगार कार्यालय तीन सिफ्टमा सञ्चालन हुने

0

काठमाडौं – वैदेशिक रोजगार कार्यालय ताहाचल अब दैनिक तीन सिफ्टमा सञ्चालन हुने भएको छ। श्रम स्वीकृतिमा ढिलाइ नगर्न श्रम,रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालको निर्देशनपछि कार्यालयले तीन सिफ्टमा काम गरेर श्रम स्वीकृति दिन लागेको हो।

बिहान, दिउँसो र साँझ गरी तीन सिफ्टमा काम गर्न लागिएको कार्यालयकी निर्देशक एवं सूचना अधिकारी कल्पना मास्के श्रेष्ठले बताइन्। उनका अनुसार कार्यालयमा औसतमा दैनिक २ हजारभन्दा बढी संस्थागत र व्यक्तिगत श्रम स्वीकृति जारी हुने गरेको छ।

मन्त्री अर्यालले वैदेशिक रोजगारीमा जाने कामदारलाई प्रक्रिया थालेको एक घण्टाभित्र श्रम स्वीकृति दिन निर्देशन दिएका थिए। वैदेशिक रोजगार विभागको अनलाइन प्रणाली (फेइम्स) सुधार गरी सेवा दिन नसके अन्य विकल्प खोज्न पनि मन्त्री अर्यालको आग्रह थियो।

वैदेशिक रोजगार विभागका महानिर्देशक डन्डुराज घिमिरेले आगामी सातादेखि एक तीन सिफ्टमा श्रम स्वीकृति जारी गर्ने तयारी भइरहेको जानकारी दिए। उनका अनुसार बिदाको दिनसमेत कार्यालय सञ्चालन गरी सेवा प्रवाह व्यवस्थित बनाइनेछ। टोकनको संख्या समेत बढाइने उनको भनाइ छ।

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार