देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

सिटामोल किन्न पाइने औषधी पसल कता छ सरकार ?

0

नेपालीहरुको महान पर्व बडादशैंको रौनक चलिरहेकाबेला यसपालीको दशैंसँगै दुई तिन बिषय एकैसाथ आएकोले दशैंमा आउने उल्लासमा केहि फिक्कापनको अनुभुती गरिएको छ ।

मंसिर चारमा हुने संघिय तथा प्रदेससभाको निर्वाचन, लगातारको अविरल बर्षाकाकारण बाढी पहिरोले सडकमार्गको अवरोध त छँदैछ त्योभन्दापनि खतरनाक त अहिले महामारीको रुपमा फैलिएको डेंगुरोगले आम नागरिकको यो उल्लासमय वातावरणलाई धुमिल बनाएको छ ।

यतिबेला आगामी निर्वाचनकोलागी प्रत्यक्ष तर्फको उम्मेदवारी मनोनयन गर्ने समय ७२ घण्टा करिब बाँकीहुँदा नेपालका राजनितिकदलहरुको ध्यान त्यतातर्फ केन्द्रितहुनु त स्वभाविक मान्न सकिएला तर सरकारको ध्यान आम नागरिकको स्वास्थ्यमा नजानु लज्जास्पद हो ।

मानव जिवनमा स्वास्थ्यजस्तो संवेदनशिल बिषयमा यति निरिहहुनु सरकार नहुनु बराबर हो । के सरकारको काम महामारीमा संक्रमित हुने र मृत्युवरण गर्ने नागरिकको सँख्या गन्ने र भन्ने मात्रै हो ?

पछिल्लो तथ्याङ्क अनुसार नेपालमा डेंगु संक्रमितको सँख्या करिब ५० हजार माथी पुगिसकेको छ भने डेंगुको कारण मृत्युहुनेको सँख्या ५० नाघीसकेको छ । यो संक्रमण फैलनेक्रम अझै एक डेढमहिनासम्म लम्बिने स्वास्थ्यविदहरुले बताइरहेका छन् ।

हामिले स्थापित गरेको राज्यसंचालन पद्दतीमा दलिय प्रतिष्पर्धा हुनु आवधिक निर्वाचन हुनु त नियमित राजनितिक प्रक्रियाभित्रै पर्ने बिषय हुन् । तर जनताको जिउधनको सुरक्षकाको उचित प्रवन्ध मिलाउनु सरकारको कर्तब्य हो ।

सँख्याको हिसाबले संघ प्रदेश र स्थानियतहका तिनवटा सरकार मुलुकमा विद्यमान छन् । यि तिनवटै सरकारको काम भनेको सरकार सम्वद्ध मानिसहरुको सेवा सुविधा लिने र नागरिकको समस्यामा अर्कोलाई दोष दिने मात्र देखिन्छ ।

यो डेंगुको महामारीको बिषयमा कम्तिमा प्रत्येक स्थानियतहका स्वास्थ्य संस्थामा फिभर क्लिनिक राख्न सकिँदैन ? त्यति गर्न नसके जनतालाई निशुल्क त कुरै छोडौं किन्न समेत सिटामोल उपलब्ध गराउन सकिँदैन ? आफ्ना आसेपासेलाई राज्यको सम्पत्तीको दुरुपयोग गरी झण्डावाल गाडीमा गएर २-४ पात सिटामोल बाँडेको फोटो सामजिक सञ्जालमा हाल्दैमा मन्त्रीको कर्तब्य पुरा हुने हो ?

जुनसुकै तहको सरकार होस् तिमिकहरुसँग नागरिकले त्यतिठुलो कुनै आसा र भरोसा राखेका छैनन् । यो सरकार हुनेखानेकोलागी मात्र हो भन्नेमा जनता जानकार छन् । तर डैंगुको महमारीले आक्रान्त भएका नागरिकलाई कम्तिमा सिटामोल किन्ने औषधी पसल त देखाईदेउ सरकार ।

 

 

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार