देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

सिन्धुपाल्चाेककाे इन्द्रावती, ३ मा गणेशमान सिंह स्मृति भवन बन्ने

0
<p>Hello Dost</p>

Hello Dost

काठमाडौं – सिन्धुपाल्चाेककाे इन्द्रावती गाउँपालिका वडा नं ३ मा गणेशमान सिंह स्मृति भवन बन्ने भएकाे छ । करिब एक कराेड लागतमा इन्द्रावती ३ मा गणेशमान सिंह स्मृति भवन बन्ने भएकाे हाे ।

मंगलवार एक कार्यक्रमका बिच नेपाली कांग्रेस बागमती प्रदेश सभापती एवं प्रदेशसभा सदस्य इन्द्र बहादुर बानियाँले भवनकाे शिलान्यास गरेका हुन् । कार्यक्रमलाई सम्बोधन गर्दै सभापति बानियाँले राजनितिमा लोभि पापीहरुको सँख्या बढ्दै गएकोले गणेशमानको जस्तो त्याग र निष्ठाको राजनिति मर्दै गएको बताए ।

कार्यक्रममा नेपाली कांग्रेस बागमती प्रदेश सह महामन्त्री हरिशरण श्रेष्ठ, नेपाली कांग्रेस जिल्ला सभापती जंग बहादुर लामा, पूर्व सभापती भुपेन्द्र बहादुर थापा, पूर्व उप सभापती शिव सुनार, वागमती प्रदेश पूर्व स्वास्थ्य मन्त्री निमा लामा, क्षेत्र नम्बर २ का क्षेत्रिय सभापती एवं मेलम्ची नगर प्रमुख आइतमान तामाङ, इन्द्रावतीका सभापति जिवन थापामगर लगायतका नेताहरूले नपाली राजनितिमा गणेशमानको योगदानको चर्चा गरेका थिए ।

गणेशमान सिंह स्मृति भवन शिलान्यास समारोह समितिद्वारा आयोजित कार्यक्रमको सभापतित्व समारोहका संयोजक एवं काँग्रेसका वडाध्यक्षका उम्मेदवार नेत्र बानियाँले गरेका थिए भने कार्यक्रम सञ्चालन वागमती प्रदेश प्रतिनिधि सुबास तिरुवाले गरेका थिए । पुर्व वडाध्यक्ष एवं काँग्रेस नेता देव प्रसाद बानियाँले स्वागत मन्तव्य राखेको उक्त कार्यक्रममा कलाकारहरुले बेजोड सांस्कृतिक प्रस्तुती पस्केको काँग्रेस महाधिबेशन प्रतिनिधी उद्धव बानियाँले बताए ।

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार