देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

हेलम्बुको कक्षा ८ को नतिजा उत्कृष्ट, शिक्षामा गरेको लगानी खेर नगएको दावी

0

काठमाडौं – सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाले कक्षा ८ को पालिका स्तरिय वार्षिक परिक्षामा जिल्लाकै उत्कृष्ट नतिजा निकालेको दाबी गरेको छ ।

२ संस्थागत विद्यालय सहित १५ वटा विद्यालयका ३ सय १२ जना विद्यार्थी सहभागी भएकोमा २४९ जना विद्यार्थी उतिर्ण भई कुल संख्याको ७९.८० प्रतिशत उतिर्ण भएको हेलम्बु गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख धनध्वज लामाले जानकारी दिए ।

अन्तिम नतिजा अनुसार ५६ जना विद्यार्थीले ग्रेट वृद्धि परिक्षा दिन पाउने भएका छन् भने २ भन्दा बढी विषय लाग्ने ७ जना विद्यार्थी रहेको लामाले बताए । उनका अनुसार ३.६ जिपिए ल्याउने २५ जना,३.२ जिपिए ल्याउने ४७ जना, २.८ जिपिए ल्याउने १०२ जना, २.४ जिपिए ल्याउने ६६ जना र २.० जिपिए ल्याउने ९ जना विद्यार्थी छन् ।

यस बिषयमा हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले गाउँपालिकाले शिक्षामा गरेको लगानी खेर नगएको बताए । गतबर्ष हेलम्बु गाउँपालिकाको पालिका स्तरिय परिक्षामा नतिजा लाजमर्दो आएको उल्लेख गर्दै यसबर्ष उल्लेख्य सुधार आएको अध्यक्ष शेर्पाको दावि थियो

उनले उत्कृष्ट नतिजा ल्याउन सहयोग गर्नुहुने शिक्षक,विद्यार्थी,पालिकाको शिक्षा शाखाका कर्मचारी,अभिभावक लगायत सम्पुर्णमा धन्यवाद ब्यक्त गर्दै आगामी दिनमा शत प्रतिशत विद्यार्थी उतिर्ण गर्नेगरि लाग्नका लागि आग्रह गरे ।

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार