देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

होलीमा कडा सुरक्षा, जबरजस्ती रङ दल्नेलाई ठाउँको ठाउँ कारबाही

0

काठमाडौं – जिल्ला प्रहरी परिसर काठमाडौंले फागु पर्व (होली)को दिनमा सुरक्षामा कडाइ गर्ने भएको छ। होलीलाई सुरक्षित र मर्यादित बनाउन काठमाडौंमा तीन हजार सुरक्षाकर्मी खटिने भएका छन्।

होली पर्वका दिन काठमाडौंमा उच्छृङ्खल गतिविधि गर्ने, लागू पदार्थ सेवन (लापसे) गरी सवारी चलाउने, मादक पदार्थ सेवन (मापसे) गरी हो–हल्ला गर्ने, सर्वसाधारणलाई त्रसिद बनाउने लगायत क्रियाकलाप गर्नेलाई कारबाही गरिने जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए।

यस वर्षको होली पर्वका लागि दुई हजार पाँचसय पोसाकधारी र पाँच सय सादा पोसाकका गरी तीन हजारको संख्यामा प्रहरी खटिने जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

होली खेल्नेहरू कोही कसैले पनि कानुन विपरीतका गतिविधि गरेको पाइए तत्काल पक्राउ गरिने प्रहरी उपरीक्षक अधिकारीले बताए। उनले भने, ‘हाम्रो चाहना भनेको शान्त र सभ्य होली मनाउनुस् भन्ने हो। हाम्रो आग्रहलाई अटेर गरी कानुन विपरीत क्रियाकलाप गरेमा कानुनी दायरामा ल्याउने छौँ।’

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार