देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

१३ जनालाई सहसचिवमा नियुक्ति गर्न लोकसेवा आयोगको सिफारिस

0

काठमाडौं – लोकसेवा आयोगले १३ जनालाई सहसचिवमा नियुक्ति गर्न सिफारिस गरेको छ ।

आयोगले न्याय सेवा, परराष्ट्र सेवा, प्रशासन सेवा र लेखा परीक्षण सेवा अन्तरगत सहसचिव पदमा कर्मचारी माग भएअनुसार सिफारिस गरेको हो ।

लिखित परीक्षाबाट अन्तरवार्तामा छनोट भएकामध्येबाट १३ जना सहसचिव पदमा नियुक्तिका लागि आयोगले मातहतका मन्त्रालयमा सिफारिस गरेको हो ।

जसअनुसार न्याय सेवामा दीपक भण्डारी र दीपशिखा मुनाकमी, परराष्ट्र सेवामा ज्ञानबहादुर मगर, लेखा परीक्षण सेवामा राजेन्द्र प्रसाद ओझा सिफारिस भएका छन् । 

यस्तै प्रशासन सेवामा विनोद कुमार खड्का, राजन पौडेल, पुरुषेत्तम शर्मा, कृष्ण प्रसाद मैनाली, केशवराज सुवेदी, वेदप्रसाद भण्डारी, मिरा आचार्य, रविलाल शर्मा र ज्ञानहरि घिमिरे सिफारिस भएको आयोगले बुधबार सूचनामार्फत जनाएको छ ।

1
2
3
4
5
द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार