रास्वपा बैठकमा रविको आलोचना, गलत सन्देश गएको भन्दै आत्मालोचना गर्न माग


भारतिय सिमानाकामा सशस्त्र प्रहरिको कडाई, अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन आग्रह
धर्मेन्द्र प्रसाद यादव/ पर्सा – विश्वब्यापी महामारीको रुप लिईरहेको कोभिड(१९ को नयाँ भेरियन्ट सहितको संक्रमणको महामारीबाट पछिल्ला केही दिन यता पर्सा जिल्ला पनि नराम्रोसँग प्रभावित भईरहेको छ । पर्सा जिल्लामा बिहीबार देखि एक हप्ताको लागि निषेधाज्ञा गरिएको छ भने इन्डिया सँग जोडिएको सिमानाकामा सशस्त्र प्रहरीले कडाई गरेको छ ।
पर्सामा जारी निषेधाज्ञाको तेस्रो दिन शनीबार मिर्जापूर बीओपी बाट खटिएको सशस्त्र प्रहरी टोलिले टिहुकि, भेडिहार्वा, मिर्जापूर, भलुवहीया सिमानाकाहरुमा चेकजाँचमा कडाई गरेको छ । इन्डिया जाने र नेपाल आउने अति आवश्यक परेको लाई सिमानाकामा ज्वरो चेकजाँच गरि जान दिएको छ ।
मिर्जापूर बीओपीको एरिया पर्ने मिर्जापूर, टिहुकि, भेडिहार्वा, भलुवहीया बाट इन्डिया जाने सबै बाटोमा बासको ढठर लगाई त्यसमा बाटो बन्दको ब्यानर पनि टाँगिएको छ बाइक चालक ,अति आवश्यक काम बाहेक घर बाहिर निस्कने लाई र इन्डिया आउजाउ गर्ने मान्छेहरुलाई होल्ड गरेर चेतावनीका साथ अब अत्यावश्यक काम बाहेक घरबाट ननिस्कनका लागी आग्रह गर्दै अन्तिम चेतावनीकासाथ छाडिएको र अटेरी गर्नेलाइ कारवाही पनि गर्ने प्रहरीले जानकारी दिएको छ ।
सशस्त्र प्रहरी मिर्जापूर बीओपी बाट खटिएको टोलीले गाउँगाउँमा घुमी माइकिङ र चौकचौकमा कोरोनाविरुद्ध सचेतनामूलक अडियो पनि बजाएर सचेतना फैलाएको छ । जिल्लामा कोरोना संक्रमण दर दिनानुदिन बढ्दै गएकाले समयमै माइकिङ गरि सचेत बनाएको सशस्त्र प्रहरी निरीक्षक कृष्ण अधिकारीले जानकारी दिए ।
ठाउँठाउँमा टोली परिचालन गरी सवारी साधान जाँच गर्न थालिएको र छिमेकी मुलुक भारतमा झन भयवाह दिन प्रती दिन लाखौ लाख करोनाको केस आएकोले नेपालमा त्यस्तो दिन आउन नदिन आजबाट थप कडाइका साथ हुने सशस्त्र प्रहरी निरीक्षक कृष्ण अधिकारीले बताए।
प्रहरीले पर्सा जिल्ला माहामारीको उच्च जोखिममा रहेको कारण निषेधाज्ञाको पालना गरी कोभिड नियन्त्रण अभियानमा सहयोग गर्न आम नागरिकमा अनुरोध पनी गरेको छ।