रास्वपा बैठकमा रविको आलोचना, गलत सन्देश गएको भन्दै आत्मालोचना गर्न माग


प्रदेश दुईका मुख्यमन्त्री विरुद्ध लहानमा प्रदर्शन
लहान – मदरसा शिक्षा बिधयेक को बिरोधमा प्रदेश दुईका मुख्यमन्त्री मोहमद लालबाबू राउत को राजीनामा को मांग गर्दै सिराहा को लहान स्थित राष्ट्रीय एकता अभियान द्वारा प्रदर्शन भएको छ।
अभियानका बरिष्ठ नेता काशीन्द्र यादव को नेतृत्व मा भएको प्रदर्शनमा अभियान का उपाध्यक्ष सुनीता साह ले आफ्नो मन्तब्य दिंदै प्रदेशलाई तालिवान बनाउने मुख्यमंत्री को राजीनामा मांग गरेकी हुन्।
जिल्ला संयोजक हेमन्त सिंहको संयोजकत्वमा भएको बिरोध प्रदर्शनमा अभियानका नविन गुप्ता,मनोज पासवान,अबिनाश गुप्ता मनोज मेस्तर लगायत को उपस्थित रहेको थियो।
प्रदर्शनमा मुख्यमन्त्री मोहम्मद लालबाबू राउत गद्दी राजीनामा दे, प्रदेशलाई तालिवान बनाउंन पाईदैन, मुख्यमंत्री मुर्दावाद, संघिय हिन्दू गणतंत्र जिन्दावाद जस्ता नारा लागेको थियो।