रास्वपा बैठकमा रविको आलोचना, गलत सन्देश गएको भन्दै आत्मालोचना गर्न माग


लुम्बिनीको मुख्यमन्त्रीमा कुलप्रसाद केसी नियुक्त, सपथ हुँदै
बुटवल – लुम्बिनी प्रदेशको नयाँ मुख्यमन्त्री कुलप्रसाद केसी बनेका छन् । नेकपा माओवादी केन्द्रको प्रदेशसभा संसदीय दलका नेता केसी मुख्यमन्त्री पदमा बिहीबार नियुक्त भएका हुन् ।
बिहीबार प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ को २ अनुसार उनलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।
केसीलाई काँग्रेस, जनमोर्चा र जसपा समेतको समर्थन रहेको छ । आजै चार दलका ४२ सदस्यहरुले केसीको नाममा आफूहरुको समर्थन रहेको भन्दै प्रदेश प्रमुख समक्ष दावेदारी प्रस्तुत गरेका थिए ।
बुधबार दिउँसो मुख्यमन्त्री शंकर पोखरेलले पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख शेरचनले आज दिउँसो तीन बजेसम्मको समय दिएर दलहरुलाई सरकारमा दाबी पेस गर्न आह्वान गरेका थिए ।
नवनियुक्त मुख्यमन्त्री केसी रोल्पा १ (क)बाट निर्वाचित भएका थिए । प्रदेश प्रमुखले केसीलाई मुख्यमन्त्री नियुक्त गरेसँगै शपथ ग्रहण गराउने तयारी भएको छ ।