रास्वपा बैठकमा रविको आलोचना, गलत सन्देश गएको भन्दै आत्मालोचना गर्न माग


लुम्बिनीमा मुख्यमन्त्री केसीले बनाए ७ सदस्यीय मन्त्रिमण्डल
बुटवल – मुख्यमन्त्री कूलप्रसाद केसीले पद तथा गोपनीयताको शपथ लिएसँगै मन्त्रिमण्डल गठन गरेका छन् । केसीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेपछि ६ जना मन्त्रीले शपथ लिएका छन् ।
नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी (जसपा) नेपालका ६ जना मन्त्री बनेका छन् । जसपाका ३ जना सांसदमध्ये ३ जना नै मन्त्री बनेका छन् ।
नेपाली कांग्रेसका डिल्लीबहादुर चौधरी ग्रामीण तथा शहरी विकास मन्त्री, नेकपा माओवादी केन्द्रका कृष्णध्वज खड्का आर्थिक मामिला तथा योजना मन्त्री र जसपाका सहसराम यादव भौतिक विकास तथा पूर्वाधार मन्त्री भएका छन् ।
जसपाका पुर्मती ढेंगा, सुमन शर्मा रायमाझी र स्वतन्त्रबाट अजय शाहीले विना विभागीय मन्त्रीका रूपमा शपथ लिएका छन् ।
१० सदस्यीय मन्त्रिमण्डल बनाउने सहमति गरेको गठबन्धनले बाँकी मन्त्री केही दिनपछि बनाउने गठबन्धनको तयारी छ ।