मधेस प्रदेश

प्रदेश दुईको सरकारमा सहभागी हुँदै नेकपा (एकीकृत समाजवादी)

Madhyabindu Online


A A- A+

धनुषा – नेकपा(एकीकृत समाजवादी) पार्टी प्रदेश नं २ सरकारमा सहभागी हुने भएको छ । नेकपा एमालेका २१ जना प्रदेशसभा सदस्यमध्ये १३ जना नेकपा(एकीकृत समाजवादी) पार्टीका पक्षमा रहेको बताइएको छ ।

नेकपा एमाले संसदीय दलको नेता शत्रुधन महतोले आफूसहित १३ जना प्रदेशसभा सदस्य नेकपा (एकीकृत समाजवादी) पार्टी रोजेको बताएका छन्।

यसरी नेकपा (एकीकृत समाजवादी)पार्टी रोज्नेमा प्रदेशसभा सदस्य गोविन्दबहादुर न्यौपाने, प्रमोद यादव, अशोक यादव, मदन जैन श्रीवास्तव, शत्रुधन महतो, मञ्जु यादव, बेचु लुंगेली, दिल्ली उप्रेती, रवीन्द्र बैठा, खुसीमा खातुन, नागेन्द्र यादव, सुन्दर विश्वकर्मा र सीता गुरुङ रहेको उनले जानकारी दिए ।

सनाखतलगत्तै दलको बैठक बसी दलका नेता चयन र सरकारमा जाने विषयमा औपचारिक निर्णय गर्ने नेता महतोको भनाइ छ ।

यसअघि जसपा नेतृत्वको प्रदेश नं २ सरकारमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र सहभागी भइसकेको छ । प्रदेश नं २ मा रहेको ११ मन्त्रालयमध्ये जसपाका चार, कांग्रेसका तीन र माओवादीका एक मन्त्री छन् ।

छुटाउनु भयो कि ?