रास्वपा बैठकमा रविको आलोचना, गलत सन्देश गएको भन्दै आत्मालोचना गर्न माग


लुम्बिनीको मन्त्रिपरिषद् विस्तार, कुन दललाई कुन मन्त्रालय ?
काठमाडौैं – मुख्यमन्त्री बनेको दुई महिनापछि लुम्बिनीका मुख्यमन्त्री कुलप्रसाद केसीले मन्त्रिपरिषद् विस्तार गरेका छन्। मुख्यमन्त्री केसीले मन्त्रिपरिषद् विस्तार गरेलगत्तै नवनियुक्त मन्त्रीहरूले आइतबार पद तथा गोपनीयताको शपथ लिएका छन्।
मुख्यमन्त्रीको कार्यालयमा प्रदेश प्रमुख अमिक शेरचनले मन्त्री र राज्यमन्त्रीहरूलाई शपथ खुवाएका हुन्।
आइतबार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री बनेका वीरबहादुर राना, बाँकेका सुरेन्द्र हमाल वन वातावरण तथा भूसंरक्षण मन्त्री, रुपन्देहीका वसिउद्धिन खाँले शिक्षा विज्ञान युवा तथा खेलकुद मन्त्रीको शपथ लिए।
त्यसैगरी रिना नेपाल विकले पर्यटन ग्रामीण तथा सहरी विकास, अर्जुन कुमार श्रेष्ठले ऊर्जा जलस्रोत तथा सिँचाइ, विमला खत्री ओलीले स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण राज्यमन्त्रीका रुपमा शपथ लिएकी छन्।
त्यसैगरी दाङका इन्द्रजीत थारूले स्वास्थ्य तथा जनसंख्या, बर्दियाका तिलकराम शर्माले आन्तरिक मामिला तथा सञ्चारमन्त्रीका रुपमा शपथ लिएका छन्।
