लुम्बिनी प्रदेश

कांग्रेस लुम्बिनीको मतदान सकियो, केही बेरमा मतगणना

Madhyabindu Online


A A- A+

काठमाडौं – नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत लुम्बिनी प्रदेशको नेतृत्व चयनका लागि भएको मतदान सकिएको छ । शनिबार बुटवलमा भएको मतदान साँझ ६ बजे सकिएको हो ।

कुल एक हजार ६७० मतदाता रहेकोमा एक हजार ६३१ मत खसेको निर्वाचन समितिले जनाएको छ । आपसी सल्लाह र केही प्रविधिक बिषय मिलाएर छिट्टै मतगणना गर्ने तयारी रहेको जनाइएको छ ।

लुम्बिनी प्रदेशको सभापतिका लागि भरतकुमार शाह र अमरसिंह पुनमगर चुनावी मैदानमा छन् । शाह सभापति शेरबहादुर देउवा र मगर वरिष्ठ नेता रामचन्द्र पौडेल समूहबाट उमेदवार बनेका हुन् ।

छुटाउनु भयो कि ?