लुम्बिनी प्रदेश

कांग्रेस लुम्बिनी प्रदेश सभापतिमा पुन विजयी

Madhyabindu Online


A A- A+

बुटवल– नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापतिमा संस्थापन इतर समूहका अमरसिंह पुन विजयी भएका छन्। सोमबार बिहान सकिएको मतगणनाअनुसार पुनले ८५२ मत ल्याएर सभापति निर्वाचित भएका हुन्।

पुनका निकटतम प्रतिस्पर्धी सभापति शेरबहादुर देउवा पक्षका भरतकुमार शाहले ७६७ मत ल्याएका छन्। शाहलाई ८५ मतान्तरले पराजित गर्दै पुन विजयी बन्न सफल भएका हुन्।

उपसभापतिमा पुन समूहका भुवनप्रसाद श्रेष्ठ र शाह समूहका राजु खनाल निर्वाचित भएका छन्। श्रेष्ठले ८४७ मत प्राप्त गरेका छन भने खनालले ७९२ मत प्राप्त गरेका छन्।

महामन्त्रीमा पनि पुन समूहकै विक्रम खनाल र सुरेन्द्रराज आचार्य निर्वाचित भएका छन्। खनालले ८४४ र आचार्यले ८३९ मत प्राप्त गर्दै विजयी भएका छन्।

त्यसैगरी सहमहामन्त्रीमा पनि पुन प्यानलकै विष्णु खनाल मुस्कान र खगराज पाण्डेय विजयी भएका छन्। खनालले सर्वाधिक ८६९ मत प्राप्त गरेका छन् भने पाण्डेयले ७७६ मत प्राप्त गरेका छन्।

महिला सहमहामन्त्रीमा पनि पुन प्यानलकै नीमा गिरी विजयी भएकी छन्। उनले ८३० मत प्राप्त गरेकी छन्। प्रदेश अधिवेशनमा १ हजार ६३१ मत खसेको थियो।

छुटाउनु भयो कि ?