Madhyabindu News App
मधेस प्रदेश

राज्यमन्त्री कर्ण सवार गाडी दुर्घटना, मन्त्रीसहित ६ जना घाइते

Madhyabindu Online


A A- A+

काठमाडौं – प्रदेश २ सरकारका आन्तरिक मामिला तथा सञ्चार राज्यमन्त्री रुवीकुमारी कर्णसहित ६ जना घाइते भएका छन्।

राज्यमन्त्री कर्ण सवार ज १ झ ४०६ नम्बरको गाडी बुधवार अपराह्न सप्तरीको छिन्नमस्ता सडक खण्डस्थित जोलहनिया पुल नजिक अनियन्त्रित भएर दुर्घटना हुँदा उनीसहित ६ जना घाइते भएका हुन्।

छिन्नमस्ता गाउँपालिका-६ खुदिबखारी गाउँपालिका-१ बरहिबिरपुरमा हत्या गरिएको भुटि यादवको परिवारसँग भेटघाट गर्न जाने क्रममा राज्यमन्त्री कर्णको गाडी दुर्घटना भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा परी राज्यमन्त्री कर्णको बाँया हातमा चोट लागेको छ भने घाइते भएकाहरु सप्तरीको खडक नगरपालिका ६ बस्ने ४० वर्षीय जयप्रकाश चौधरी, सोही नगरपालिका वडा नम्बर ८ बस्ने ४५ वर्षीय प्रथमलाल राम, राजविराज नगरपालिका बस्ने ३० बर्षीय ध्रुव मण्डल, गाडी चालक शम्भुनाथ नगरपालिका ६ बस्ने २५ वर्षीय विवेक मण्डल र राज्यमन्त्रीका सुरक्षा गार्ड तुलसीप्रसाद साहको अवस्था भने सामान्य रहेको बताइएको छ।

अहिले उनीहरु राजबिराजस्थित छिन्नमस्ता अस्पतालमा उपचाररत रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

छुटाउनु भयो कि ?