Madhyabindu News App
मधेस प्रदेश

प्रदेश २ को राजधानी जनकपुरधाम, नाम ‘मधेश प्रदेश’

Madhyabindu Online


A A- A+

काठमाडौं – प्रदेश २ को स्थायी राजधानी जनकपुरधाम कायम भएको छ । सोमबार बसेको बैठकबाट जनकपुरधामलाई प्रदेश राजधानीको रुपमा जनकपुरधाम पारित भएको हो ।

प्रदेश सभाको बैठकमा उपस्थित ९९ सांसदमध्ये जनकपुर राजधानीका लागि ७८ मत खसेको थियो । १०४ सांसदमध्ये बाँकी सांसद भने उपस्थित थिएनन् ।

मतदानपछि सभामुख सरोज यादवले प्रदेश २ को राजधानी जनकपुरधाम भएको घोषणा गरेका हुन्। यससँगै लामो सदयदेखि सहमति हुन नसकेको प्रदेश २ को राजधानी टुंगो लागेको छ ।

सभामुख सरोज यादव नेतृत्वको संसदीय समितिले राजधानी जनकपुरसहित उत्तरपूर्वमा ढल्केवर–कमला हुँदै दक्षिणमा नेपालको सीमासम्म, वीरगन्ज महानगरपालिका र वीरगन्ज, सिमरा जितपुर, निजगढ हुँदै सिम्रौनगढसम्मको भूगोल समेटिएको प्रस्ताव गरेको थियो।

करिब डेढ वर्षअघि प्रदेश सभामा प्रदेशको नाम मधेस, जानकी र मिथिला–भोजपुरा तथा राजधानी जनकपुर वा वीरगन्ज भन्ने प्रस्तावमा मतदान हुँदा दुवै प्रस्तावलाई दुई तिहाइ मत नपुग्दा अस्वीकृत भएको थियो ।

स्थापना भएको ४ वर्षपछि प्रदेश २ को नाम र राजधानी तय भएको छ। विशेष संसदीय समितिको नामकरणसम्बन्धी पहिलो प्रस्ताव ‘मधेस प्रदेश’ को पक्षमा ८० मत परेको छ।

प्रदेश सभाको जम्मा १०३ जना सदस्यमध्ये उपस्थित ९९ जना प्रदेश सभा सदस्यमध्ये १९ जनाले विपक्षमा मतदान गरेका थिए।

सत्तारूढ जनता समाजवादी पार्टी (जसपा) र नेकपा माओवादी केन्द्रले संयुक्त रूपमा गरेको  ‘मधेस प्रदेश’ प्रस्तावमा प्रमुख प्रतिपक्षी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले समर्थन गरेको थियो।

योसँगै संसदीय समितिले प्रस्ताव गरेका नामहरू  ‘मिथिला भोजपुरा प्रदेश’, ‘जानकी प्रदेश’ र ‘मध्य मधेस प्रदेश’  प्रस्ताव स्वतः निष्क्रिय भएको सभामुख सरोज यादवले घोषणा गरेका थिए।

छुटाउनु भयो कि ?