Madhyabindu News App
समाज

मोटरसाइकल एकापसमा ठोक्किँदा एक भारितयको मृत्यु

Madhyabindu Online


A A- A+

काठमाण्डाै- झापाको  कचनकवल–४ केचना बजारमा दुई वटा मोटरसाइकल एकापसमा ठोक्किँदा एक भारतीय नागरिकको मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते भएका छन् ।

भारतीय नम्बर प्लेट बिआर ३७ सी ९००८ र बि आर ३७ इ १९९४ नंको मोटरसाइकल एकापसमा ठोक्किँदा भारतीय नागरिक सञ्जीव सिंहको उपचारका क्रममा गए राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिए ।

सो दुर्घटनामा सवार कचनकवल–४ का ३० वर्षीय प्रदीप गणेश, भारतीय नागरिक हरण गणेश र एमडी ओकिल मियाँ गम्भीर घाइते भएका छन् । मोटरसाइकलका चालक तथा सवार सबैले मादक पदार्थ सेवन गरेको पाइएको प्रहरीले जनाएको छ ।

छुटाउनु भयो कि ?