Madhyabindu News App
मधेस प्रदेश

मधेस प्रदेशमा आइतबार सार्वजनिक विदा

Madhyabindu Online


A A- A+

काठमाडौं – मधेस प्रदेश सरकारले आइतबार सार्वजनिक विदा दिएको छ। जनयुद्ध दिवसको अवसरपारेर प्रदेश सरकारले सार्वजनिक विदा दिएको हो।

मधेस प्रदेश सरकारले पहिलोपटक अगामी फागुन १ गते मनाउन लागेको जनयुद्ध दिवसको अवसरमा एक दिन सार्वजनिक विदा दिएको आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरत प्रसाद साहले जानकारी दिए।

साहले शुक्रबार साँझ एक विज्ञप्ति जारी गर्दै फागुन १ गते आइतबार २७औं जनयुद्ध दिवसको अवसरमा मधेश प्रदेशभर सार्वजनिक विदा दिने निर्णय भएको जानकारी गराएका हुन्।

छुटाउनु भयो कि ?