हेलम्बु हिमालको ग्यासर बचाउन नसके मेलम्चीको पानि काठमाडौंं नआउने

रुसमा फेसबुक, ट्विटर र युट्युब चलाउन प्रतिबन्ध
काठमाडौं – रुसको सञ्चार नियामक निकायले फेसबुक, ट्विटर, यूट्युबमाथि प्रतिबन्ध लगाएको छ। रूसले मिडिया र सूचना स्रोतविरुद्ध भेदभाव गरेको भन्दै सामाजिक सञ्जालमा प्रतिबन्ध लगाएको जनाइएको छ।
यस बिषयमा सीबीएसका प्रवक्ताले प्रसारण नगर्ने जानकारी दिँदै भनेका छन्, ‘हामीले नयाँ मिडिया कानुनलाई मध्यनजर गर्दै हाम्रो समूहको परिस्थितिको निगरानी गरिरहेका छौँ।’
“हामीले हाम्रा सेवाहरू पुनर्स्थापना गर्न सक्दो प्रयत्न जारी राख्नेछौं ताकि तिनीहरू सुरक्षित रूपमा आफूलाई अभिव्यक्त गर्न र कार्यको लागि संगठित गर्न मानिसहरूका लागि उपलब्ध होऊन्,’ उनले विज्ञप्तिमा उल्लेख गरेका छन्।
फेसबुकको सुरक्षा नीति प्रमुखले कम्पनीले युक्रेनको अवस्थालाई नजिकबाट नियालिरहेको बताएका थिए। बीबीसी, सीएनएन, ब्लुमबर्ग, सीबीएस न्यूज र एबीसी न्यूजले भने रुसमा आफ्नो सेवा प्रवाह नगर्ने निर्णय गरेका छन्। एजेन्सी