Madhyabindu News App
स्थानीय तह

भरतपुरमा रेनुलाई तिन मतले उछिने विजयले

Madhyabindu Online


A A- A+

काठमाडौं – मतगणना रोचक बन्दै गएको भरतपुरमा गठबन्धनबाट माओवादी केन्द्रकी रेनु दाहाललाई एमालेका विजय सुवेदीले उछिनेका छन्।

गठबन्धनबाट माओवादी केन्द्रकी रेनु दाहालले २४६५ मत ल्याएकी छन् भने एमालेका विजय सुवेदीले २४६८ मत ल्याएका छन्।

पछिल्लो परिणाम अनुसार रेनुलाई ३ मतले उछिन्दै विजय अघि बढेका छन्।

यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले  ८०५ मत ल्याएका छन्।

उपमेयरमा गठबन्धनबाट चित्रसेन अधिकारीले २७०१ मत ल्याएका छन्।  राप्रपाबाट हिमला गुरुङले १९७५ मत ल्याएकी छन्।

भरतपुर महानगरपालिकामा अहिलेसम्म ६७७७ मत गणना भएको छ।

छुटाउनु भयो कि ?