Madhyabindu News App
मुख्य खबर​

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी लुम्बिनी आउने

Madhyabindu Online फाइल फोटो


A A- A+

काठमाडौं – भारतका प्रधानमन्त्री नरेन्द्र मोदी लुम्बिनी आउने भएका छन् । उनिसँग भेटवार्ता र बुद्ध जयन्ती समारोह सम्बोधनका लागि प्रधानमन्त्री शेरबहादुर देउवा आइतबार साँझ नै लुम्बिनी पुगेका छन् ।

आइतबार कुनै औपचारिक कार्यक्रम नभएपछि ‘रात बिताउन’ प्रधानमन्त्री देउवा संघीय सरकारका एक दर्जन मन्त्री सहित लुम्बिनि पुगेका प्रेस प्रमुख गोविन्द परियारले जानकारी दिए ।

लुम्बिनी विकास कोषका अनुसार प्रधानमन्त्री देउवासँगै गृहमन्त्री बालकृष्ण खाँण, पराराष्ट्रमन्त्री नारायण खड्का, भौतिक पूर्वाधारमन्त्री रेनुकुमारी यादव, पर्यटनमन्त्री प्रेमबहादुर आले, शिक्षामन्त्री देवेन्द्र पौडेल, लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी र मुख्यसचिव शंकर बैरागीलगायत उच्च पदस्थ व्यक्ति लुम्बिनि पुगेका छन् ।

प्रधानमन्त्री देउवाले सोमबार बिहान भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने कार्यक्रम छ ।

भारतका प्रधानमन्त्री मोदी सोमबार बिहान साढे १० बजे वायु सेनाको हेलिकोप्टरमा यहाँ उत्रिनेछन् । त्यसपछि मायादेवी मन्दिरमा पूजालगायत कार्यक्रम छन् । भारतको संस्कृति मन्त्रालयले यहाँ निर्माण गर्न लागेको अन्तर्राष्ट्रिय बुद्धिस्ट कन्फेडेरेसन (आईबीसी) को नेपाल र भारतका प्रधानमन्त्रीले शिलान्यास गर्नेछन् । अपराह्न दुवै मुलुकका प्रधानमन्त्रीले २५६६ औं बुद्ध जयन्ती समारोह सम्बोधन गर्ने कार्यक्रम छ ।

छुटाउनु भयो कि ?