हेलम्बु हिमालको ग्यासर बचाउन नसके मेलम्चीको पानि काठमाडौंं नआउने

हेटौंडामा त्रिपक्षीय प्रतिस्पर्धा, गठबन्धनको उम्मेदवार १ मतले अगाडी
काठमाडौँ- मकवानपुरको हेटौँडा उपमहानगरपालिकामा सत्ता गठबन्धन राप्रपा र एमालेको त्रिपक्षीय प्रतिस्पर्धा देखिएको छ।
११ हजार ६७३ गन्दा सत्ता गठबन्धनबाट नेकपा एकीकृत समाजवादीकी मिना लामा ३ हजार ४५६ मतसहित एक मतको अग्रता बनाएकी छिन्।
उनलाई राप्रपा उम्मेदवार दिपक बहादुर सिंहले ३ हजार ४५५ मतका साथ पछ्याई राखेको अवस्था छ। यता एमालेको उम्मेदवार अनन्त पौडेलले ३ हजार ५३ मत ल्याएर तेस्रो स्थानमा छन्।
उपमेयरमा भने गठबन्धनबाट कांग्रेस उम्मेदवार राजेश बानियाँले ५ हजार १०३ मतसहित फराकिलो अग्रता लिएका छन्।
उनलाई एमाले उम्मेदवार सुमित्रा काफ्ले ३ हजार ९५६ मतका साथ पछ्याइ राखेको अवस्था छ। यस्तै राप्रपा उम्मेदवार इन्दिरा डल्लाकोटी न्यौपानेले ८६८ मत पाएकी छिन्।